धारिलो हतियार प्रहार गरी युवकको हत्या, १ जना गम्भिर घाइते

धनगढी / अछाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या गरिएको छ । अछाम जिल्लाको ढकारी गाउँपालिका-३ गढीहाले बजार नजिकै धारिलो हतियार प्रहार गरी २० वर्षीय देवेन्द्र थापाको हत्या भएको छ भने अर्का १६ वर्षीय रुद्र थापा घाईते भएका छन् ।

मंगलबार बिहान गढीहाले बजार नजिकै हत्या गरेको अवस्थामा २० वर्षीय थापाको शव फेला परेको र उनको शरीरमा धारिलो हतियार प्रहार गरेको देखिएको ढकारी गाउँपालिका-३का अध्यक्ष महादेव बुढाले बताए । यस्तै गम्भीर घाइते अवस्थामा भेटिएका १६ वर्षीय रुद्र थापालाई भने थप उपचारका लागि कोहलपुर पठाइएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल अछाममा राखिएको छ । यस्तै हत्यामा संलग्न भएको आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढकारी गाउँपालिकाकै नरेन्द्र बहादुर बुढा रहेको छन् । जिल्ला प्रहरी कार्यालयले बुढालाई हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button