भारतीय सेनाध्यक्ष नरवणे कात्तिक १९ गते नेपाल आउने

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे कात्तिक १९ गते काठमाडौं आउने भएका छन्।
भारतको सरकारी समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार नरवणे तीन दिन भ्रमणका लागि नेपाल आउन लागेका हुन्। नेपाली सेनाले नरवणेको भ्रमण तालिकाबारे आजै विज्ञप्तिमार्फत जानकारी दिने बताएको छ।
सेनाध्यक्ष नरवणेको भ्रमण २०७६ माघ २० गतेका लागि नै तय भएको थियो। तर, लकडाउनका कारण उनको भ्रमण रोकिएको सेनाको भनाइ छ।
नरवणे कालापानी लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए।
भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।
उक्त दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने सेनाले जनाएको छ।