चौरसिया मृत्यु प्रकण : नेकपाका नेतासहित १३ जना विरुद्ध जाहेरी दर्ता

जनकुपुरधाम । शपथ ग्रहरण कार्यक्रममा पूर्व माओवादी र एमाले पक्षधर कार्यकर्ताबीच भएको झडपमा परि मृत्यु भएका मुकेश चौरसियाको स्थायीय प्रहरीले एक सातापछि जाहेरी लिएको छ ।
गत बिहीबार गाउँपालिकाको शपथ ग्रहणका क्रममा भएको झडपका क्रममा चौरसियाको मृत्यु भएको थियो ।
मृत्युपछि चौरसिया परिवारले दिएको जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन ।
प्रदेश २ का नेताहरुको चर्को दबावपछि एक साताको अन्तरालमा बिरगंज प्रहरी जाहेरी लिएको हो । मृतक चौरसियाका परिवारले दर्ता गराएको जाहेरीमा पूर्वसांसद राजकुमार गुप्तासहित १३ जनामाथि ज्यान मार्ने कार्यमा सम्लग्न भएको आरोप लगाइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएको पूर्वमन्त्री अजयशंकर नायकले जानकारी दिए । प्रहरीलाइ माथिको दबाव भन्दै जाहेरी नलिन निर्देशन दिएकाले वकिलको कार्यालय मार्फत दर्ता गरेको उनले बताए । प्रहरीले जाहेरी नलिएपछि चौरसिया परिवारले मृतकको शव उठाउन मानेका थिएनन् । जाहेरी लिएकाले अब भने पोष्टमार्टम रिपोर्ट पाएपछि मृतक चौरसियाको शुक्रबार अन्त्यष्टि गरिने तयारी छ । चौरसिया स्थानीय कमिटी सचिव थिए । यसै विषयमा बुधबार मात्रै नेकपा प्रदेश २ का ३७ नेताहरुले विज्ञप्ती जारी गर्दै सरकारको आलोचना गरेका थिए ।