थप ३ हजार ५१७ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा देशभरमा थप ३ हाजर ५१७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप १४ हजार ९८९ पीसीआर परीक्षण भएसँगै अहिलेसम्मको परीक्षणको संख्या पुगेको छ।