प्रचण्डद्वारा प्रधानमन्त्रीलाई सचिवालय बैठक बोलाउन आग्रह

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीको सचिवालय बैठक बोलाउन आग्रह गरेका छन्।

१२ दिनपछि भेटघाटका लागि शनिबार बालुवाटार पुगेका अध्यक्ष दाहालले ओलीसँग पछिल्लो दिनमा घटेका राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए। त्यसक्रममा दाहालले पार्टीको सचिवालय बैठक बोलाएर छलफल गरिनुपर्ने धारणा राखेको उनीनिकट स्रोतले बतायो।

दाहालले कर्णाली सरकारमाथि गएको अविश्वास प्रस्ताव, रअ प्रमुखसँग सुटुक्क भेटघाट गरेको प्रसंग, पर्सा घटना र कोभिड-१९ बारे धारणा राखेका थिए। तर, दाहालले राखेका धारणामाथि ओलीले जवाफ नदिएको स्रोतले बतायो।

पार्टीमा अनुमोदन नगराई निर्णय लिन थालेपछि दाहाल र ओलीबीच पुन: तिक्तता सुरू भएको छ। यसअघि लामो रस्साकस्सीबीच नेकपा विवाद साम्य भएको थियो। तर, पछिल्ला राजनीतिक घटनापछि दाहाल-ओली भेटघाट नै बन्द भएको थियो। संवादहीनताको उक्त अवस्था भने शनिबारको भेटले अन्त्य गरिदिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button