काठमाडौंमा थप एक हजार ३ सय ५७ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये ५ सय ६९ जना महिला छन् भने बाँकी ७८८ जना पुरूष हुन्।
काठमाडौंमा ६१ हजार ८ सय ५५ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४४ हजार ७ सय ४६ जना निको भइसकेका छन् भने २१९ जनाको मृत्यु भएको छ। यस्तै, १६ हजार ८ सय ९० जना संक्रिय संक्रमित छन्।
यसैगरी, भक्तपुरमा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४४८२ जना निको भइसकेका छन् भने ६६ जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित ११५१ जना छन्।
त्यस्तै, ललितपुरमा ८७९४ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ६४३१ जना निको भइसकेका छन् भने ६० जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित २३०३ छन्।