जुवाडेहरुको सुरक्षामा प्रहरीकै संलग्नताको आशंका, तिन तहको सुरक्षा घेरा कहाँ छ ?

डिलकुमारि नेपाल / १५ कार्तिक बुधबार, चितवन   देशकैं केन्द्रबिन्दु चितवन जिल्लामा बिगत केही दिन देखि दर्जन बढी जुवाखाल सञ्चालन भईरहेको खुलासा भएको छ ।

चितवन जिल्लाको मुख्य ब्यापारिक केन्द्र नारायणगढ बजारको मिलनरोड, हरिहरमार्ग, लिलाचोक, पोखरा बसपार्क, भरतपुरको बसेनी लगायत चितवनका दर्जन बढी स्थानमा खुलेआम जुवाखाल सञ्चालन भईरहेको खबर प्राप्त भएको श्रोतले जनाएको हो ।

प्राप्त भरपर्दो सुचना अनुसार स्थानिय चौंकी ईन्चार्ज र केही घुमुवा प्रहरीसँगको मिलेमतो र सेटिङ्गमै जुवाखाल सञ्चालन भईरहेको खुलासा भएको छ ।

एक गोप्य श्रोतले दिएको जानकारी अनुसार जिल्लाको भरतपुर महानगरपालिका वडा नं.१ हरिहरमार्गमा एकजना श्रेष्ठ थरका ब्यक्तिको घरमा, नारायणगढकै लिलाचोकमा हरि भन्नेको नेतृत्वमा, भरतपुर ११ बसेनीमा दिपक तामाङ्गको नेतृत्वमा बाह्रमासे जुवाखाल भईरहेको, त्यस्तै पुर्बीचितवनको भण्डारामा राजकुमार क्षेत्री र कुमार लामा भन्ने ब्यक्तिहरुले स्थानिय प्रहरीका केही चल्तापुर्ता प्रहरीलाई हातमा लिई केही हप्ताबाट दिनदहाडैं ठुलो जुवाखाल सञ्चालन गरिरहेका छन् । त्यस्तै ईच्छाकामना गाँउपालिका वडा नं ८ सिमलढाप, पिपलटार क्षेत्रमा समेत जिल्लाकै सबैभन्दा ठुलो जुवाखाल तिन महिना अघिबाट निर्वाद सञ्चालनमा आएको पाईएको छ ।

श्रोतका अनुसार नामुद जुवाडेहरु बोधराज पौंडेल, शालीग्राम सापकोटा, नवलपुर डण्डाका क्रृषि थनेत, रमेश श्रेष्ठ, गोर्खा घर भई खोलेसिमल ससुराली बस्दै आएका दोङ्ग थरका अर्का एक ब्यक्तिले सञ्चालन गरि जुवाखालमा चितवन, नवलपुर, गोर्खा, तनहुँ, धादिङ्ग, मकवानपुर लगाएतका जिल्लाबाट जुवाडेहरु आई बिना बाधा अड्चन निर्बाद जुवा खेलीरहेको श्रोतको दाबी पनि छ ।

त्यस्तै, जिल्लाको पर्सा, टाँडी, सौंराहा, शक्तिखोर, जुटपानी, गोन्द्राङ्ग, पटिहानी, जगतपुर, चनौली,पावतिपुर लगाएतका ठाँउमा प्रहरीकै आखाँ अगाडी लाखौंको जुवाखाल भईरहेको श्रोतले जानकारी बताएको छ । श्रोतका अनुसार साबिकको दिब्यनगर सिसुवार भरतपुर २६ मा ईन्द्र बहादुर गुरुङ्गको नेतृत्वमा बाह्रमासे जुवाखाल भईरहेको र खेलाईएको बुझिएको छ । त्यस्तै रामपुर, चन्द्रनगर टुहुरेपसल लगाएतका स्थानमा समेत स्थानिय प्रहरी चौंकीका ईन्चार्जहरुलाई खुसी बनाई निर्बाद जुवाखाल सञ्चालन भईरहेको श्रोतले जनाएको छ ।

जुवाडेहरुको सुरक्षामा प्रहरीकै संलग्नताको आशंका

जिल्लामा सञ्चालित अधिकांश जुवाखालमा स्थानिय प्रहरी चौंकी ईन्चार्ज र ड्युटीमा रहेका प्रहरीका साथै घुमुवा प्रहरीहरुको समेत प्रत्यक्ष–अप्रत्यक्ष सम्लग्न हुने गरेको श्रोतको दाबी गरेको छ ।

श्रोतका अनुसार ठुला जुवाखालका जुवाडेहरुको सुरक्षा पहरा स्वंय प्रहरीहरुले नै दिने गरेको पाईएको छ । जुवाडेहरुले केही रुपयाँको प्रलोभन दिई केही स्थानिय चौंकीका प्रहरीहरुलाई आफ्नो सुचकको रुपमा प्रयोग गरेको पाईएको हो ।

खाल भन्दा एक किलोमिटर पेरिफेरी अगाडीबाटै को आईरहेको छ, कतिजना कस्ता मान्छे वा जिल्लाबाट जाने घुमुवा टोली वा बिशेष गस्ती आईरहेको छ सबै सुचना दिई उनीहरुलाई भगाउने काम र जोगाउने कार्य भईरहेकोले पछिल्लो समय निर्बाद जुवाखाल सञ्चालन हुँदापनि प्रहरीले पव्रmन असफल भईरहेको श्रोतको दाबी छ ।
चौंकी ईन्चार्जहरुको समेत संलग्नताले गर्दा जवान हवल्दारहरु मनोबल बढी उनीहरुले निर्बाद पहरा दिई जुवाखाल सञ्चालन भईरहेको ठोकुवा गर्दै श्रोतले भन्यो,‘जुवाडेलाई पक्राउ गर्नुपर्ने प्रहरीले नै सुचना र सुरक्षा दिएपछी कस्को के लाग्छ र ?’

तिन तहको सुरक्षा घेरा कहाँ छ  ? 

जुवाडेहरुले आफ्नो र जुवाखालको सुरक्षाको लागी तिन तहको सुरक्षा घेरा निर्माण गरेको बुझिएको पक्का पक्की भएको छ ।

उनीहरुले आफ्नो सुरक्षाको लागी पहिलो तहमा जुवाखाल सञ्चालन भईरहेको घर धनी र केही छिमेकका युवालाई दैनिक ज्याला दिई सो घर आसपासमा अपरिचित मान्छे को आईरहेको छ, त्यस्को सुचना लिने गरेको पाईएको छ । त्यस्तै दोश्रो तहमा आफ्ना पेशेवर कर्मचारी जसले जता जुवाखाल हुँदापनि उनीहरुलाई सँगै लैजान्छन तिनीहरुलाई परिचालन गरिएको हुन्छ ।

उनीहरुले समेत जुवाडेहरुलाई सुचना दिने कार्य गर्दछन् । उनीहरुले पैदल र बाईकमा गस्ती गर्ने गरेकोे श्रोतको दाबी छ । दुई तह पछाडी रहेको जुवाडेहरुको सुरक्षा घेरा तिनै स्थानिय चौकीका केही प्रहरी हुने गरेको बुझिएको छ । जुवाडेहरुले दैनिक रुपमा उठाएको भिष्टो रकमको केही हिस्सा परिचालन गरी उनीहरुले आफ्नो सुरक्षा घेरा र सुचना प्रणालीलाई मजबुद बनाएकोले निर्बाद जुवाखाल सञ्चालन भईरहेको पाईएको हो ।

यसैबिच यस बिषयमा बुझन् खोज्दा जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक सुर्य थापाले बोक्ने मोबाईल जिल्लामै मुद्धा फाँटका ईन्सपेक्टर सुवास भट्टलाई छाडी उनी बिदामा गएको र ईन्सपेक्टर भट्टले आफुले कुनै कुरा गर्न नमिल्ने बताए ।

यता जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङ्गसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन र बोलउदा शानिबार हो भोलि भेटौला भन्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button