विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ६३ लाख नाघ्यो

काठमाडौं । हाल विश्वभर कोरोना संक्रमितको कुल संख्या चार करोड ६३ लाख ६५ हजार सात सय ३० पुगेको छ ।
संक्रमितमध्ये ११ लाख ९९ हजार सात सय १५ जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड ३४ लाख नाघेको छ ।
आज बिहानसम्ममा कोरोना संक्रमण निको हुनेको संख्या तीन करोड ३४ लाख ७७ हजार नौ सय ५५ पुगेको हो ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको कुल संख्या ९४ लाखभन्दा बढी पुगेको छ ।
संक्रमितमध्ये ६० लाख ६२ हजारभन्दा बढी निको भएका छन् । त्यहाँ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३६ हजार ६६ पुगेको छ ।
भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८१ लाख ८२ हजारभन्दा बढी छ । त्यहाँ अहिले पनि पाँच लाख ७१ हजारभन्दा बढी संक्रमित अवस्थामा छन् । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख २२ हजार एक सय ४९ पुगेको छ ।