वेष्ट ह्याम युनाइटेड पराजित

काठमाडौं । साबिक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो । १० औँ मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट भ्रमण टोली वेष्ट ह्यामले अग्रता लिएको थियो । त्यसपछि ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा मोहमद सालहले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

थप खेलाडीका रुपमा मैदान छिरेका डिओगो जोटाले ८५ औँ मिनेटमा गोल गरी लिभरपुललाई जित दिलाएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button