धरौटी बिना नै कोरोना संक्रमितको उपचार गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले कुनै पनि प्रकारको धरौटी नलिइकन उपचार गर्न सबै सरकारी अस्पतालहरूलाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबै सरकारी अस्पताललाई धरौटी बिना नै उपचार गर्न निर्देशन भएको जानकारी दिएका हुन् ।

मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता गौतमले धरौटीका लागि सूचना प्रकाशन गर्ने सरकारी अस्पतालसँग स्पष्टीकरण सोधिएको समेत जानकारी दिए।

‘कोरोनाको उपचारका लागि शुल्कको सूचना प्रकाशित गर्ने सरकारी अस्पतालसँग स्पष्टीकरण सोधिएको छ,’ गौतमले भने । सरकारी अस्पतालहरूले नै केही दिनयता कोरोनाको उपचारका लागि शूल्क लाग्ने भन्दै सूचना प्रकाशित गरिरहेका छन्।

टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललेसमेत संक्रमितको उपचारका लागि धरौटी राख्नैपर्ने भन्दै सूचना जारी गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button