थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि, काठमाडौंमा थप १ हजार ६२२ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणका क्रममा तप २ हजार ८ सय २४ जनामा संक्रमण देखिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।
काठमाडौंमा थप १ हजार ६२२ जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जनाकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा १ हजार ६२२ कोरोना भाइरसको संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४जनामा कोरोना संक्रमण पुष्टि भएको हो।