काठमाडौंमा नेविसंघको सरकार विरुद्ध  प्रदर्शन  

भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन सहित कोणसभा गरेको छ । सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले निशुल्क उपचार बन्द गरेको कारण विरोधमा प्रदर्शन गरेको महामन्त्री बलदेव तिमल्सिना ले जानकारी दिए । “हाम्रा साथिहरुलाई प्रहरीले हिरासतमा चरम यातना दिएको छ । कसैलाई पनि नियन्त्रणमा लिएर कुटपिट गर्नु यातना दिनु गैरकानुनी हो त्य्वस्ता प्रहरी अधिकारीलाई कारबाही गर्नुपर्छ ।” तिमल्सिनाले भने “यो पन्चायती ब्यबस्था हैन गणतन्त्र हामिले नै लडेर ल्याएको हो । हामी सबैलाई खबरदारी गर्न चाहन्छौं, कानुनभन्दा माथी कुनै फुलि छैन। ”

मानवअधिकार सम्बन्धि बिश्व ब्यापी मान्यता र राष्ट्रिय/अन्तराष्ट्रिय घोषणालाई समेत लत्याउँदै हिरासत भित्र आफ्ना विद्यार्थी नेतालाई  चरम मानसिक र शारीरिक याताना दिइनु अत्यन्तै गैरन्यायिक भएको भन्दै सो बारेमा परिवारले राष्ट्रिय मानव अधिकार आयोग लगाएत अन्य निकायमा उजुरी गरिसकेको र यातना दिने अनुसन्धान अधिकृत र सम्बन्धित प्रहरी कार्यालयका अधिकारी लाई यातना क्षतिपूर्ति सम्बन्धि कारबाहीका निम्ति आफन्त र नेपाल विद्यार्थी संघले थप कदम चाल्ने पनि तिमल्सिनाले बताएका छन ।

नेविसंघले सरकारले आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएकोमा पनि खेद प्रकट गरेको छ ।  त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोपमा नेविसंघका केही नेता कार्यकर्ता पक्राउ परेकामा नेविसंघले विरोध जनाउँदै आएको छ ।

निर्दोष नेता हरुलाई झुटा मुद्दामा फसाउने प्रपन्च स्वरोप बिभिन्न ठाउँबाट पक्राउ गरि दिपक ओझा लगाएत आफ्न ३ जना नेता हरुलाइ प्रहरी हिरासतमा कोरोना भाइरस बाट सन्क्रमित गराएको भन्दै सो को जिम्मेवारी पनि प्रहरी अधिकारि ले नै लिनुपर्ने भन्दै महामन्त्री दिपक भट्टराईले नेपाल प्रहरी नेकपा प्रहरी मा परिणत भएको बताए । मननगरिय प्रहरी परिशरका एस.एस.पि.श्याम ज्ञावलि र उनको नेतृत्वमा रहेका प्रहरी अधिकृत हरुले हिरासतमा रहेका आफ्ना कार्यकर्ता लाई चरम यातना दिएको नेबिसंघले जनाएको छ ।

भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस समर्थित नेपाल विद्यार्थी संघले काठमाडौं लगाएत देशको बिभिन्न ठाउहरुमा प्रदर्शन गरिरहेको छ ।

प्रदर्शन पछि संघका उपाध्यक्ष मुक्ति राज पौडेलको अध्यक्षता सम्पन्न भएको बिरोध सभा लाई महामन्त्री हरु तिमल्सिना,भट्टराई,युबराज पाण्डे र मनोज बैद्य लगाएतले सम्बोधन गर्दै सरकरी असम्बेदनशिलता,ज्यादती र प्रहरी दुर्ब्यबहार्को भत्सर्ना गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button