अवैतनिक महावाणिज्यदूतहरुको सुविधा खोसियो

काठमाडौं । सरकारले विभिन्‍न देशका लागि अवैतनिक दूतका हैसियतमा प्राप्त सेवा सुविधाको दुरुपयोग भएको भन्दै उक्त सुविधा फिर्ता लिने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्‍न देशका लागि महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा फिर्ता लिएको जनाएको छ ।

कूटनीतिक प्रयोगको लागि प्रदान गरिएको पद र सुविधा गैरकानुनी गतिविधिमा प्रयोग गरेको पाइएपछि परराष्ट्र मन्त्रालयले महावाणिज्यदूतहरूलाई प्रदान गर्दै आएका सेवा र सुविधा फिर्ता लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त सुविधा अन्तर्गत कूटनीतिक नियोगले प्रयोग गर्ने निलो नम्बर प्लेटको सवारी साधन र झन्डा रहेको छ।

मन्त्रालयले अवैतनिक महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा फिर्ता लिने निर्णय तत्काल लागु हुने र अर्को सूचना जारी नभएसम्म कार्यान्वयन हुने जनाएको छ ।

किर्गिस्तानका अवैतनिक महावाणिज्य दूत सुलभ अग्रवाल कूटनीतिक सवारी साधन प्रयोग गरेर कालोबजारीमा आरोपमा पक्राउ परेसँगै सरकारले यस्तो निर्णय गरेको हो । सरकारको यस निर्णयसँगै पक्राउ परेका अग्रवालको जिम्मेवारी खोसिएको छ।

उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार ७ दिनका लागि हिरासतमा पठाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button