अमेरिकाको राष्ट्रपति चुनाब अघि नै झण्डै १० करोडले मतदान गरे

काठमाडौं । अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या झण्डै १० करोड रहेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।
द न्यूयोर्क टाइम्सका अनुसार चुनावको एक दिन अघि (सोमबार) सम्म ९ करोड ७९ लाख भन्दा बढीले मतदान गरेका छन् ।
अमेरिकामा मंगलबार अर्थात नोभेम्बर ३ मा राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेनटेटिभ, राज्यका सांसन तथा गभर्नरसहितका लागि मतदान हुँदैछ ।
अहिलेसम्म ९ करोड ७९ लाख भन्दा बढि अमेरिकीले अग्रिम मतदान केन्द्रमा गएर वा हुलाक मार्फत मतदान गरिसकेका छन् । यो चार वर्ष पहिलेको चुनावमा खसेको खुल मतको ७१ प्रतिशत भन्दा बढि हो ।