आफूलाई नपक्रन आदेश माग्दै अदालत पुगे भिटेन

काठमाडौं । आफूलाई प्रहरीले पक्राउ गर्न लागेकोले त्यसलाई रोकी पाऊँ भन्दै र्‍यापर गायक भिटेन(समिर घिसिङ) उच्च अदालत पाटन पुगेका छन्।

पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार आफूलाई पक्राउ नगर्न प्रहरीलाई अन्तरिम आदेश दिन भिटेनले माग गरेका छन्।

उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्युरोलाई चिठी लेखेको थियो।

भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार प्रहरीको साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको थियो ।

भिटेनले यसपटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेका थिए।

यसअघि पनि भिटेनलाई महानगरीय अपराध महाशाखाले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा पक्राउ गरेको थियो।

प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो। आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेको थियो।

भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिएको एसएसपी कडायतको भनाइ थियो।

साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त भएपछि अनुसन्धान थालेको थियो।
त्यसपछि उनले आपत्तिजनक शब्दहरु हटाउने जनाएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button