थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ११४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर कुल संक्रमितमध्ये ३७ हजार ४३७ पुगे जना सक्रिय संक्रमित छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button