बैतडीमा १ जना महिला प्रहरी सहित दुई जनामा कोरोना पुष्टि

१८ कार्तिक २०७७, बैतडी । मगंलबार बैतडीमा १ जना महिला प्रहरी सहित दुई जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत २२ बर्षीया महिला प्रहरी र दशरथचन्द नगरपालिका ९ का २३ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

धनगढी घरबाट फर्केका महिला प्रहरीलाई अल्लगै क्वारेन्टीनमा राखिएकोमा मगंलबार कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै दशरथचन्द नगरपालिका ९ का संक्रमित पुरुष भने होम आइसोलेसनमै रहेका बैतडीका कोभीड १९ सम्पर्क व्यक्ति भुवन प्रशाद जोशीले जानकारी दिनुभयो ।

मंगलबार थप दुईजनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ४सय ७४ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button