बैतडी घर भएका दार्चुलामा प्रधानाध्यापकको शव फेला, हत्याको आशंका

दार्चुलामा पानीको कुलामा एक जनाको शव फेला परेको छ । उक्त शव बैतडीको डिलाशैनी गाउँपालिका–२ गन्नाका ४० वर्षीय गाविन्द घरेडीको भएको प्रहरीले जनाएको छ ।
घरेडी डाडाँबाग आधारभुत विद्यालय किमिचोर कपट्टाका प्रधानाध्यापक रहेको स्थानीयले बताएका छन् । मंगलबार विहान दार्चुलाको शैल्यशिखर–९ शिवपुरी धाम जग्वाचौर नजिक पानीको कुलोमा भेटिएका मृतकको टाउकोमा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए । ‘अहिले आफन्तहरुलाई बोलाएका छौं ।
उनीहरु पुगेपछि शवको पोष्टमार्टम गरिने छ’ उनले भने । अहिले घटनास्थलमा प्रहरीको टोली परिचालन गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चन्दले बताएका छ्न।