माला लगाएर पत्नीको अन्तिम विदाइ गर्दै पूर्वसभामुख महरा

काठमाडौं । उपचारको क्रममा निधन भएकी पूर्व सभामुख कृष्णबहादुर महरा पत्नी सिता महराको अन्त्येष्टि गरिएको छ।
पशुपति स्थित विद्युतीय शवदाह गृहमा बुधबार दिउसो उनको अन्त्येष्टि गरिएको हो। पूर्वसभामुख तथा प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महरा पत्नी सीताको बुधबार बिहान ६:२५ बजे नर्भिक हस्पिटलमा असामयिक निधनको भएको थियो।
उनि माइस्थेनिया नामक रोगबाट विगत लामो समयदेखि पीडित थिइन। उपचारकै क्रममा रहँदा उनमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो। सीताको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो। उनको काजकिरिया भने दाङमा गर्ने तयारी छ।