रत्ननगर नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत कुँवरलाई स्वागत

चितवन । रत्ननगर नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरलाई सोमवार स्वागत गरिएको छ। माडी नगरपालिकाबाट सरुवा भएर आएका कुँवरलाई जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वागत गनुभएकाे हाे ।
नगरपालिकाको सभा हलमा आयोजिक कार्यक्रममा उपमेयर विमला दुवाडीले ढाका टोली लगाइदिएर कार्यालयमा स्वागत गनुभयाे। प्रमुख प्रशासकीय अधिकृत कुँवरलाई वडाध्यक्षहरुले पनि स्वागत गर्नुभएकाे थियाे । सो अबसरमा उपमेयर दुवाडीले रत्ननगरको नगरको विकासको लागि जनप्रतिनिधि र कर्मचारीबीचमा सहकार्यको आवश्यकता हुनुपर्ने बताईन्।
नयाँ प्रमुख प्रशासकीय अधिकृत कुँवरले समग्र नगरको विकासको लागि जनप्रतिनिधिसंग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयाे। प्रमुख प्रशासकीय अधिकृत कुँवरले सोमवार देखिनै रत्ननगरमा कार्यभार सम्हालेका हुन।
टुवराज पोखरेलको सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कुँवर रत्ननगर आउनुभएकाे हाे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button