अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन विजयी नजिक, ट्रम्पद्वारा मतगणना रोक्न माग

काठमाडौं । विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्र्याटिक पार्टीका ७८ वर्षीय जो बाइडेन विजयको नजिक पुगेका छन् ।

उनले २६४ सिटमा जित निश्चित गरेका छन् । अब बाइडेनलाई विजयी हुनका लागि ६ सिट आवश्यकता पर्दछ । उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये वियजका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्‍याएका हुन् ।

उनका प्रतिष्पर्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१३ सिटमै आफूलाई सीमित राखेका छन् ।

विस्कन्सिन र मिसिगनमा जित हासिल गरेसँगै बाइडेन विजयको बाटोमा उन्मुख रहेका हुन् । अब निर्णायक मानिएको पेन्सेल्भेनियामा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् ।

जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन्। अलास्कामा पनि ट्रम्प नै अग्रस्थानमा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button