३३ सय ९ नयाँ कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,३०९ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै ३,८४४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै देशभर संक्रमित हुनेको संख्या १,८२,९२३ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या १,०३४ पुगेको छ। हालसम्म १,४४,९७८ जना संक्रमणमुक्त भएका छन्।

यो अवधिमा १३ हजार १४४ जनाको नमुना परीक्षण भएको छ। परीक्षण गरिएका मध्ये २५.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा आज १ सय ८७८ कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा १ हजा ५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण देखिएको छ।

जुन पछिल्लो २४ घण्टामा उपत्यकामा थपिएका कोरोना संक्रमितको संख्या नेपालमा पहिचान भएका कुल संक्रमितको ५६.७५ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ३० जना कोरोना संक्रमितको निधन भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button