कोभिड १९ः नव सामान्यीकरणका साथ अगाडि बढ्न प्रोत्साहन गर्न एनसेलको अभियान

कोरोना प्रतिकार्यमा विभिन्न कार्य गर्दै आएको एनसेलले सर्ट फिल्ममार्फत यो अभियान थालनी गरेको हो । ‘अनपज’ थिम रहेको यो अभियान एनसेलले आफ्नो ब्रान्डको सार ‘आज, भोलि सधैँ सँगैं’ अनुरुप संचालन गरेको हो ।
यस छोटो फिल्ममा कोभिड प्रकोप पूर्वको सामान्य जनजीवन, लकडाउन अर्थात बन्दाबन्दीको अवस्था, असर र अहिलेको विशम परिस्थितीको बेलामा नव सामान्यीकरणका साथ कसरी अगाडी बढ्न सकिन्छ भनेर देखाएको छ ।
यसै अभियानको पाटोको रुपमा नै एनसेलले दशै अगाडी ‘मुभिङ अहेड वेबीनार सेरिज’ पनि संचालन गरेको थियो । यी वेवीनारहरुमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रित गरी बन्दाबन्दीले दिएको सिकाई तथा अनुभव, नव सामान्यीकरण तर्फको संक्रमणको समय र कोरोनाको संकटका बेलामा कसरी भविष्यको पुनःकल्पना गर्दै अगाडि बढ्न सकिन्छ भन्ने बहस चलाएको थियो ।
यो अभियानसँग सँगै एनसेलले पहिले बन्दाबन्दीको बेलामा जस्तै उपभोक्ताका लागि आफ्नो सेवा तथा सुविधाका अफरहरु ल्याउने संकेत गरेको छ । यस अघि नै एनसेलले ‘अघि बढौं’ भन्ने थिममा नारीका लागि विषेश सिम योजना ‘गो सिम’ ल्याईसकेको छ । बन्दाबन्दीका बेलामा एनसेलले आफ्ना विभिन्न सेवाहरुका शुल्कमा राहत प्रदान गर्दै सजह र निर्वाध रुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको थियो ।
एनसेलका अनुसार कम्पनीले कोभिड प्रतिकार्य अन्तर्गत विभिन्न सामाजिक कार्यहरु, सेवामा छुट, रिचार्जमा १२० प्रतिशत बोनस लगायतका विभिन्न राहत अफरहरु समेत गरी कुल ९ अर्ब ६४ करोड भन्दाबढी मुल्यको योगदान गरेको छ ।
एनसेलले हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्य सम्बन्धी नियमहरुको पालनाका लागि जनचेतना फैलाउन काम गर्दै आइरहेको छ ।