वेपत्ता भएका कञ्चनपुरका युवकको भारतमा मृत्यु

गत भदौँमा घरबाट वेपत्ता भएको भन्दै प्रहरीमा खोजीका लागि निवेदन दिएका कञ्चनपुरका १ युवकको भारतमा मृत्यु भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका-४ का २२ वर्षीय रमेश दमाईको भारतको सम्पुर्णनगरको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भदौँ ३० गते घरबाट वेपत्ता भएको भन्दै लुहारको खोजीका लागि परिवारले निवेदन दिएको भएपनि उनको भारतको अस्पतालमा मृत्यु भएको खबर आएको बताए । लुहार उत्तरप्रदेश सम्पुर्णनगर खिरी होटलमा काम गर्दै आएको आफन्तजनबाट जानकारी पाएपछि प्रहरीले खोजी कार्य गरेको थियो ।

पारिवारिक स्रोतलाई उदृत गर्दै प्रहरी निरीक्षक विष्टले केहि दिनदेखि बिरामी रहेको लुहारको उपचारकै क्रममा मृत्यु भएको बताए । उनको मानसिक स्वास्थ्य ठीक नरहेको बुझिएको समेत प्रहरीले जनाएको छ । मृत्युपछि युवकको शव अन्त्येष्टिका लागि कञ्चनपुर ल्याईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button