लकडाउको समयमा राहतले ज्याला मजदुरको पारिवारिक जीवनमा खुशी ल्यायो

काठमाण्डौँ । नेपाल ख्रीष्टिय राहत सेवा (एनसीआरएस)ले ललितपुर र भक्तपुरका विभिन्न वडाहरुमा खाद्यान्न सामाग्री वितरण गरेको छ ।संसारभरि नै फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) को त्रासका कारण नेपाल विगत १५ दिनदेखि लकडाउनको अवस्थामा छ । लकडाउनको असरले आधारभूत खाद्यान्न सामग्रीहरूको समेत अभाव देखिन थालेपछि एनसीआरएसले ज्याला मजदुर गरी खाने विपन्न परिवारका सदस्यहरूको पहिचान गरी राहतस्वरुप खाद्यान्न सामाग्री वितरण गरेको हो ।

ललितपुर महानगरपालिकाको समन्यव तथा सम्बन्धित वडा कार्यालयका पदाधिकारीको रोहरमा ललितपुरको १४ नम्बर वडामा माइका नेपाल र एनसीआरएसले संयुक्त रुपमा ५५० जना त्यसैगरी वडा नंं ५ स्थित जावलाखेल चिडियाखाना परिसरका ४० घर धुरी परिवार र भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ का १२० जना अति विपन्न तथा ज्याला मजदुरी गरी खाने परिवारहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको सामाजिक अभियन्ता तथा एनसिआरएसका कोषाध्यक्ष मुकुन्द शर्माले बताउनु भयो । उहाँले लकडाउनको समयमा आफूले नियमित रूपमा गर्दै आएका कामहरू समेत रोकिएपछि बिहान बेलुका के खाने भन्ने समस्या भएको अवस्थामा यो राहतले केही दिनकै लागि भए पनि ज्याला मजदुरहरुलाई ठुलो सहायता पुग्ने बताए ।

विपन्न तथा ज्याला मजदुरी गरी आफनो दैनिक गुजारा चलाइरहेकाहरूका लागि लकडाउनको प्रत्यक्ष असर परिरहेको यो समयमा खाद्यान्न राहत पाएपछि खुशी व्यक्त गर्दै राहतले आफनो पारिवारिक जीवनमा खुशी ल्याएकोले संस्थालाई धन्यवाद व्यक्त गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button