भारतीय सेनाध्यक्ष नरवणेले जंगी अड्डामा रोपे ओखरको विरुवा

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा ओखरको विरुवा रोपेका छन् ।

नेपाली सेनाको एक टुकडीले दिएको सम्मान गारतको निरीक्षण गरेपछि नरवणेले बिहीबार जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोपेका हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार काठमाडौं आइपुगेका हुन् ।

अहिले सैनिक मुख्यालयमा नेपाली सेनाका प्रधानसेनापति थापा र भारका स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता शुरु भएको छ ।

यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने छन् ।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका नेपाली सेनाले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई बिहीबार नै नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button