अब वार्ताका लागि बालुवाटारमा धाउनुको औचित्य छैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद झनै बढेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले अब वार्ताकै लागि भनेर वालुवाटार नआउने बताएका हुन् । ओलीसँगको छलफलपछि बाहिरिएका उनले नभएको बताएका स्रोतको भनाइ छ । ।

प्रचण्डसँगको कुराकानीपछि एक नेताले भने, “उहाँले अब वार्ताका लागि बालुवाटार छिर्दिन भन्नुभएको छ ।” पार्टी विवाद उत्कर्षमा पुगिरहेको बेला ओली र प्रचण्ड छलफलमा बसेका थिए ।

तर कुनै निष्कर्ष निस्कन नसकेको एक नेताले जानकारी दिए । यसैबीच प्रचण्ड र नेता नेपालले कानून व्यवसायीसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले चाल्नसक्ने सम्भावित कदमबारे छलफल भएको स्रोतको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button