कानून व्यवसायीसँग प्रचण्ड-नेपालले गरे परामर्श

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन्।
बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा प्रचण्ड र नेपालले कानुनी पृष्ठभूमिका पार्टी नेता र कानुन व्यवसायीसँग परामर्श गरेको स्रोतले बतायो। छलफलमा प्रधानमन्त्रीले चाल्न सक्ने सम्भावित कदमबारे छलफल भएको स्रोतको भनाइ छ ।
अहिलेको अवस्थामा प्रधानमन्त्रीले चाल्न सक्ने कदमले कस्ता खालका कानुनी संकट ल्याउँछ भनेर छलफल भएको उनको भनाइ छ ।