भारतीय सेनाध्यक्षलाई ‘मेड इन नेपाल’ १ लाख थान मास्क उपहार

काठमाडौं । ३ दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाले नेपालमा बनेका मास्क सहित भगवान गौतम बुद्धको मुर्ति उपहारस्वरुप दिएको छ।
बिहिबार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले सो उपहार नरवणेलाई हस्तानान्तरण गरेका हुन्।
सेनाध्यक्ष नरवणेले बिहान सैनिक मञ्चको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका जनरल नरवणेले जङ्गी अड्डामा सम्मान गारदको निरीक्षण गरेका थिए। यस्तै भारतीय सेनाध्यक्षले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन।
सैनिक जनसम्पर्क तथा सूचना दिर्नेशनालयका अनुसार नरवणेले २ वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरण, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।