प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने : सरकारविरुद्ध फेरि षड्यन्त्र भयो, सामना गर्न तयार होऔं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भित्र–बाहिरबाट फेरि षड्यन्त्र शुरू भएको बताएका छन् । तर जस्तोसुकै परिस्थितिको सामना गर्न आफू तयार रहेको र त्यस्तै मनस्थिति बनाउन मन्त्रीहरूलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले सरकार विरुद्ध घेराबन्दी भइरहेको र डटेर सामना गर्नुपर्ने बताएका थिए ।
‘सरकारविरुद्ध फेरि घेराबन्दी शुरू भएको छ तर जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहनुपर्छ,’ ओलीको भनाइ उदृत गर्दै एक मन्त्रीले भने ।
सत्तारुढ दल नेकपामा केहि दिनयता चर्को बिवाद जारी छ । हिजो एक कार्यक्रममा उनले आफ्नो राजिनामा माग भएको र आफूले कुनै हालतमा पनि राजिनामा नदिने बताएका थिए ।