आज ३४ सय ३० जना कोरोना मुक्त भए, १८ को मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ६८ जनाको पीसीआर जाँच गरिएकोमा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ। यस्तै, पछिल्लो २४ घन्टाभित्र देशरभर ३४ सय ३० जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् ।

मन्त्रालयको बिहीबारको बुलेटिनमा दिइएको जानकारीअनुसार कोरोना मुक्त हुनेको संख्या अब देशभर १ लाख ४८ हजार ४०८ जना पुगेको उल्लेख छ। कोरोना संक्रमणकै कारण २४ घन्टाभित्र नेपालमा थप १८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको छ। कुल संक्रमितमध्ये मृत्युदर भने ०.६ प्रतिशत रहेको छ ।

आजसम्म नेपालभर १५ लाख ७ हजार १९० जनाको कोरोना परीक्षण गरिसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ लाख ८५ हजार ९९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यसैगरी नेपालमा आजसम्म सक्रिय संक्रमित संख्या ३६ हजार ५१४ रहेको छ । यस्तै विभिन्न जिल्लामा अहिले पनि १२ सय ३२ जना क्वारेन्टाइनमा रहनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button