१० लाख घुस लिने इञ्जिनीयर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले रु १० लाख घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनीयर ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ।

हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनीयर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाइएको छ। प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरेको हो।

ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इञ्जिनीयर जैसवालले रु १० लाख मागेका थिए। उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button