ओलीको भन्दै जसको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो…

केहीदिन यता सामाजिक सञ्जालमा राजा वीरेन्द्र शाहबाट टिका ग्रहण गरिरहेका एक व्यक्तिको तस्वीर भाइरल भएको छ । टिका थाप्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली रहेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी जारी छ ।

नेकपा विवाद उग्र बन्दै जाँदा कतिपयले ओली गणतन्त्रवादी नभई राजावादी रहेको प्रमाण भन्दै उक्त तस्वीर सेयर गरिरहेका छन् ।
तर उक्त तस्वीरको वास्तविकता भने फरक पाइएको छ ।

सामाजिक सञ्जालमा सो तस्बिर राखेर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि टीकाटिप्पणी भए । तर टीका थाप्ने व्यक्ति पर्साको वीरगञ्ज उपमाहानगरपालिका अलौका जनकलाल साह रहेको तथ्य खुलेको छ । उनी आफैलाई सो फोटो कस्ले सामाजिक सञ्जालमा राख्यो भन्ने थाहा नभएको बताएका छन् ।

बुधबार मात्र उक्त तस्वीर भाईरल भएको एकजना साथीले बताएपछि उनले थाहा पाए । करिब दुई वर्ष पहिले पनि कसैले उक्त फोटो मागेको तर आफूले कसैलाई नदिएको तर कहाँबाट फोटो बाहिरियो आफूलाई थाहा नभएको साहले बताए ।

आफूले फोटोहरु जम्मा गरेर राखेको हुनाले उक्त फोटो पनि घरमा हुनुपर्ने, छ छैन खोजेर बताउने साहले बताए । फोटो भाईरल भनेको त राम्रै कुरा हो तर त्यहाँ एउटा मिस्टेक हुन गएको छ कि मेरो फोटो हो तर प्रधानमन्त्री ओलीको भनिएकाले त्यो अन्तैतीर गए जस्तै लाग्यो ,साहले भने।

साह नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यालय वीरगञ्जका अध्यक्ष हुन् भने आफूलाई राजसंस्थाप्रति सर्मपित व्यक्ति ठान्छन् ।

को हुन् त जनकलाल साह ?

तत्कालीन अलौ गाउँपञ्चायत वडा नम्बर ६ बजारटोलमा २०२४ साल चैत १ गते साह जन्मिएका थिए।

२०४६ सालमा भारतको पटनामा रहेको पिएमसीएच मेडिकल कलेज अन्तर्गतको सब्जीबागमा रहेको साईन्स कलेजमा ईलेक्ट्रोनिक्स ईन्जिनियरिंग अध्ययन गर्दै गर्दा नेपालमा प्रजातन्त्र बहाली भएको खबर पाएपछि नेपाल फर्किएको बताउने साहले २०५१ सालको दशैको टीकाको दिन साँझ ७ बजेर ३५ मिनट जाँदा राजा वीरेन्द्रको हातबाट टीका थापेको बताए ।

त्यस दिन आफूले राज वीरेन्द्रसँग एक्लै केही कुरा गर्न चाहेको र त्यसका लागि समय दिन बिन्ती गरेपछि पर्सिपल्ट ११ बजे भेटने अवसर पाएको दाबी गर्छन् ।

राजा वीरेन्द्रसँग भेटघाटको क्रममा आफू राजसंस्थाको भक्त रहेको र प्रजातन्त्रको आगमनले मर्माहत भएको बताएपछि राजाबाट केही वर्ष अझ हेर्न आग्रह भएको र प्रजातन्त्रलाई चल्न दिन निर्देशन गरिएको साह बताउछन् ।

२०५२ साल देखि ५७ सालसम्म भिआईपी पासबाट दशै र राजाको जन्मदिनका दिन टीका ग्रहण गर्ने गरेको बताउछन्। ५८ सालमा राजपरिवारको हत्या भएपछि टीकाको कार्यक्रम नै नभएको र यस वर्ष कोभिडको कारण टीका ग्रहण गर्न नगएको उनले बताए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button