युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्वारा राजिनामा

युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले पदबाट राजीनामा दिएका छन् । युद्धअपराध गरेको आरोपसँगै उनीमाथि राजीनामाको दबाब बढेको थियो ।

थासीविरुद्ध हालै हेगस्थित अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा दायर गरिएपछि उनी राजीनामा दिन बाध्य भएका जनाइएको छ ।
सन् १९९० मा सर्बियासँगको द्वन्द्वका क्रममा उनले युद्धअपराध गरेको आरोप छ ।आफू अन्तर्राष्ट्रिय अपराध न्यायालयमा उपस्थित हुनुपर्ने भएकाले पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button