कोरोनाले हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर आईसियूमा उपचार हुँदै

काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएका चर्चित हाँस्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ ।

कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका गजुरेलको अवस्था गम्भीर भएपछि अस्ति बुधबार उनलाई उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। हालको उनको आईसियूमा उपचार भइरहेको छ।

हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यका अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए। उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button