कोरोना सुरु भएयता स्वदेश फर्किने क्रम जारी, झन्डै डेढ लाख नेपाली फर्किए

काठमाडौं । कोरोना सुरु भएदेखि हिजो (बिहीबार) सम्म विदेशबाट एक लाख ३१ हजार ९७४ नेपाली स्वदेश फर्किएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
कोरोनाको कारण विदेशमा अलपत्र परेका नेपालीहरु विभिन्न ३३ मुलुकबाट नेपाली स्वदेश फर्किएको केन्द्रले जनाएको छ ।
कोभिड १९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । उडान स्थगन गरेको करिब ५ महिनापछि सरकारले भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति दिएको थियो ।
यस्तै बिहीबार मात्रै कतारबाट १६३ जना र एउटा शव, कुवेतबाट १३५ जना, यूएईबाट २८९ जना, साउदीबाट १६३ जना, कतारबाट १८० जना, टर्कीबाट २१२ जना, मलेसियाबाट १२७ जना र बंगलादेशबाट ४० जना स्वदेश आइपुगेका छन् ।
यस्तो छ वैदेशिक रोजगारीबाट स्वदेश फर्कनेको देशगत विवरण :