भाइटीकापछि खुलामन्चमा नि:शुल्क खाना वितरण नहुने

काठमाडौं । लकडाउनमा समस्यामा परेकाहरुलाई खुलामञ्चमा नि:शुल्क दिँइदै आएको खाना तिहारपछि बन्द हुने भएको छ।

महानगर र खाना वितरण गर्दै आएका संघसंस्थाका प्रतिनिधिबीच आज भाइटीकापछि खुलामञ्चमा खाना वितरण नगर्ने सहमति भएको हो।

अब वास्तविक पीडित पहिचान गरेर अन्य ठाउँमा वा प्याकिङ गरेर मात्र खाना वितरण गरिने भएको छ।

आज दुईपक्षबीच भएको छलफलमा खाना वितरण गर्दै आएका समूहले महानगरले यसको दीर्घकालीन समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने ठहर दुबै पक्षले गरेका छन्।

काठमाडौं महानगर र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच आज भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनपछि वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।

खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने भन्दै महानगरले हटाउन दबाब दिँदै आएको थियो ।

भाइटीकाको भोलिपल्टदेखि खाना खुवाउन बन्दस्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको सहयोग र समन्वयमा निःशुल्क खाना खुवाउने सहमति भएको छ ।

छलफलमा हाम्रो टिम नेपाल, हाम्रो सानो प्रयास, हन्ड्रेड्स ग्रुप, गसिप क्वीनका प्रतिनिधि सहभागि थिए। यी संघसंस्थाले लडकडाउन भएपछि खुलामञ्चमा भोकाहरूलाई खाना खुवाउँदै आएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button