बैठक बोलाउन माग गर्दै प्रचण्ड सहित ५ सचिवालय सदस्यले ओलीलाई भेट्ने

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित ५ जना सचिवालय सदस्यले अध्यक्ष केपी ओलीलाइ सामुहिक रूपमा भेटेर औपचारिक बैठक बोलाउन र संकट समाधानमा भूमिका खेल्न आग्रह गर्ने भएका छन्।

शुक्रबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको पार्टीको सचिवालय बैठकमा उक्त निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टीको विवाद समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउनुपर्ने प्रवक्ता श्रेष्ठले बताए। दिउँसो ३ बजे सुरु भएको बैठक साढे ४ बजे सकिएको थियो। बैठकमा नेकपामा देखिएको पछिल्लो विवाद र सरकारका कामकारबाहीबारे छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

बैठकमा प्रचण्डसहित पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ धुम्बाराही पुगेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button