ललितपुरका नगरप्रहरी: नलगाउनेलाई मास्क दिदैं, लगाउन सिकाउँदै

ललितपुर । ललितपुर महानगरपालिकाका नगरप्रहरीले महानगरको चोक र गल्लीमा पुगेर मास्क नलगाउनेलाई मास्क लगाउन र राम्रो सँग नलगाउनेलाई लगाउन सुझाव दिन सुरु गरेका छन् ।

उनीहरुले जसले मास्क लगाएका छैनन् उनीहरु मास्क समेत दिन्छन् ।
मास्क लगाऔं, आफू बचौं र अरुलाई पनि बचाऔं अभियान अन्तर्गत नगरप्रहरीले यो काम थालेका हुन् ।

महानगरप्रमुख चिरीबाबु महर्जनको निर्देशनमा महानगरका नगरप्रहरीले यो काम थालेको महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुँले बताए ।

यस अभियान अन्तर्गतले महानगरको विभिन्न चोकमा बसेका र गल्लीमा पुगेका नगरप्रहरीले मास्क नलगाउनेलाई मास्क दिन्छन् ।

गलत तरिकाले मास्क लगाउनेलाई सही तरिकाले लगाउन उनीहरुले सुझाव दिन्छन् ।

अहिलेसम्म ५ सय मास्क वितरण गरेको बताउँदै धेरैलाई ठीक तरिकाले मास्क लगाउन सम्झाएको हाछेथुँले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button