मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ।
केहि दिन अघि कोरोना संक्रमित भएका कलाकार गजुरेल बुधबार अस्पताल भर्ना भएका थिए। उनी उपचाररत रहेको सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालले बिहानको भन्दा उनको स्वास्थ्य अवस्थामा सुधार आएको जनाएको छ।
हाल उनलाई अस्पतालको आइसियूमा नै राखिएको र स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ।सामाजिक सञ्जालमा आएका हल्लाका पछि नलाग्न समेत अस्पतालले आग्रह गरेको छ।