आईपीएलबाट बाहिरियो विराट कोहलीको बैंगलोर, हैदराबाद ६ विकेटले विजयी

काठमाडौं । सनराइजर्स हैदराबाद यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

शुक्रबार राति आबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा भएको खेलामा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै हैदराबादले क्वालिफायरमा स्थान बनाएको हो ।

भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका बिराट कोहलीले कप्तानी सम्हालेको बैंगलोर भने नकआउट भएको छ । अब फाइनल प्रवेशका लागि सनराइजर्सले क्वालिफायर–२ मा आइतबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

टस जितेर बलिङ रोजेको हैदराबादले बैंगलोरबाट १ सय ३२ रनको लक्ष्य पाएको थियो । बैंगलोरबाट पाएको लक्ष्य हैदराबादले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

हैदराबादका लागि केन विलियम्सले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, जासन होल्डरले अविजित २४ रन बनाए ।

मनिस पाण्डेले २४ रन जोड्दा हैदराबादका कप्तान डेभिड वार्नरले १७ रनको योगदान दिए ।

हैदराबादविरुद्ध बैंगलोरका मोहम्मद सिराजले २ विकेट लिए भने एडम जाम्पा र युजभेन्द्र चाहलले समान १–१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरका ७ विकेट गुमाउँदै १ सय ३१ रनको योगफल बनाएको थियो ।

बैंगलोरका एबी डी भिलियर्सले ५६ रनको अर्धशतकीय पारी खेले । आरोन फिन्चले ३२ रन जोड्दा शिबम दुवेले ८ रनको योगदान दिए । कप्तान विराट कोहली भने ६ रनमा आउट भए । मोहम्मद सिराज १० रनमा अविजित रहँदा नाभदिप शैनी ९ रनमा अविजित रहे ।

बैंगलोरविरुद्ध हैदराबादका जासन होल्डरले ३ विकेट लिए भने टी नटराजनले २ तथा शाहबाज नादिमले १ विकेट लिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button