आज २७ सय ५३ नयाँ कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु
उपत्यकामा १५ सय बढी संक्रमित थपिए

काठमाडौं । नेपालमा आज थप २७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै देशभर कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु पुष्टि भएको छ।
यो सँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८७ पुगेको छ। आज थप २२०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
उपत्यकामा १५ सय बढी संक्रमित थपिए
काठमाडौं उपत्यकामा आज १५ सय बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय १२ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित पुष्टि हुनेमा ६ सय २५ महिला र ८ सय ८७ पुरुष रहेका छन्। काठमाडौंमा १ हजार २ सय ९०, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर भने २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।देशभरका प्रयोगशालमा १० हजार ४२३ नमुना परीक्षण गर्दा २७५३ मा संक्रमण पुष्टि भएको हो।