अमेरिकाको नयाँ राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचन २०२ डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले जितेका छन्।
न्यूज एजेन्सी सिएनएनका अनुसार पेन्सिलभेनिया राज्यमा बाइडेनले जित हासिल पारेसँगै अब उनी अमेरिकाको राष्ट्रपति हुन योग्य भएका छन्। अमेरिकामा राष्ट्रपति बन्न कुल ५३८ इलेक्टोरल भोट मध्ये २७० आवश्यक पर्छ ।
सिएननका अनुसार बाइडेनले २७३ भोट प्राप्त गर्ने देखिएको छ। अर्का उम्मेद्वार डोनाल्ड ट्रम्पले २१३ मात्र इलेक्टोरल भोट प्राप्त गरेका छन्।