आफूले पार्टी फुटाउँ भन्ने प्रस्ताव नगरेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पार्टी फुटाउँ भन्ने प्रस्ताव नगरेको दाबी गरेका छन्।
एपिवान टेलिभिजनसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तो कुरामा सत्यता नरहेको बताएका छन्।
प्रचण्डले नै पार्टीमा विवाद गरेर बस्नुभन्दा अलग अलग बाटो लागौँ भन्ने प्रस्ताव गरेको उनले सुनाए।
प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डजीले नै साथीहरूले पनि भन्नुभयो विवाद र झैझमेला गरेर अघि बढ्नुभन्दा अलग अलग बाटौँ लागौँ भनेर प्रस्ताव गर्नुभएको हो।’
यस्तै प्रधानमन्त्री ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताले शुक्रबार गरेको बैठक गुट भेला भएको बताए।
उनले उक्त गुट भेलाका बारेमा आफूलाइ पनि जानकारी भएको भन्दै बाहिरबाहिर गोप्य रूपमा गुट भेला गरेर पार्टी उभो नलाग्ने बताए।