अमेरिकामा एकैदिन एक लाख १९ हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । अमेरिकामा एकैदिन एक लाख १९ हजार १ सय ४५ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड १७ लाख ७ हजार ७ सय ३१ पुगेको छ ।

त्यस्तै अमेरिकामा एकैदिन एक हजार २१ जना संक्रमितले ज्यान गुमाएका छन् । यसरी अमेरिकामा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या दुई लाख ४३ हजार २ सय ४७ पुगेको छ ।

अमेरिकामा ६४ लाख ४१ हजार ५ सय ९४ जना संक्रमित उपचारपछि निको भएका छन् भने ३४ लाख ९२ हजार ८ सय ९० जना संक्रमित उपचाररत छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button