मोटरसाइकल चोरी गर्ने एक समूहलाई चितवन प्रहरीद्वारा सार्वजनिक

डिलकुमारी नेपाल, चितवन । मोटरसाइकल चोरी गर्ने एक समूहलाई चितवन प्रहरीले आज पक्राउ गरेको छ ।

चितवन लगायत विभिन्न जिल्लामा मोटरसाइकल चोरी गर्ने तथा चोरीको मोटरसाइकल खरिद गर्ने ७ जनालाई चितवन प्रहरीले आज सार्वजनिक गरेको हो । प्रहरीले विभिन्न कम्पनीका ७ वटा मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुको साथबाट तिन वटा र बेवारिसे अवस्थामा चारवटा मोटरसाइकल प्रहरीले बरामद गरेको हो।

चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने बारा जिल्ला करैयमामाइ गाँउपालिका वडा नम्बर ५ घरभई हाल खैरहनी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष २८ को विजय चौधरी , सोहि स्थान ५ घर भई हाल भरतपुर ३ बस्ने बर्ष १९ को राकेश चौधरी, बारा केल्हवी नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २४ को महेश चौधरीलाई पक्राउ गरेको हाे ।

उनीहरुको साथबाट चोरीको मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका वडा नम्बर १२ बस्ने बर्ष २४ को समिर चौधरी, सोहि स्थानको बर्ष २८ को अमित चौधरीलाई समेत प्रहरीले समातेकाे छ । त्यस्तै मोटरसाइकल चोरी गर्ने भरतपुर महानगरपालिका वडा नम्बर २ बस्ने बर्ष २६ को दिनेश गुरुङ र भरतपुर ११ बस्ने बर्ष २५ को मनोज दराईलाई समेत प्रहरीले पक्राउ गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनले लिएकाे प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङले बताउनुभयाे ।

चोरी भएका मोटरसाइकलहरुको खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । प्रहरी आफ्नै ग्राहक बनेर गएर समेत चोरहरुलाई पक्राउ गरेको प्रहरी उपरिक्षक गुरुङले जानकारि दिनुभयाे।

बरामद मोटरसाईकलको विवरणहरु

मा १. ग १० प ९६०७ नं.को बजाज पल्सर २०० एन एस मोटरसाईकल (वास्तविक नम्बर ना ५३ प ९७६४)

२. प्रदेश ०३–०२–००९ प ६८२९ नं.को सेतो केटिएम २०० सि.सि.मोटरसाईकल

३. प्रदेश ०३–०३–००१ प ५२२६ नं.को २२० सि.सि. को मोटरसाईकल (पार्टपुर्जा खोलेको अवस्थामा)भेटिएकाे वेवारिसे अवस्थामा फेला परेका छन्।

मोटरसाइलकहरुः १. बा.५६ प. ५९९५ नं को २०० सि.सि. को केटिएम मोटरसाईकल २. ना.१८प. ६३२ नं. को १५० सि.सि. को पल्सर मोटरसाइकल ३. प्रदेश ३–०३–००१प ३४९६ नं. को १५० सि.सि. मोटरसाइकल ४. बा.८१प. ५११४ नं. को २२० सि.सि. को पल्सर मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button