जिल्ला प्रशासन कार्यालय बझाङमा सेवाग्राहीको भिडँभाड, खोइ स्वास्थ्य संवेदनशिलता ?

बिकास एस .के ., बझाङ जिल्ला प्रशासन कार्यालय बझाङ्मा हिजोआज अन्य दिनहरु भन्दा सेवाग्राहीको निकै भिडँभाड भईरहेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको नयाँ भर्ना खुलेसँगै सेवाग्राहीको भिड हुन थालेको हो ।

अहिले बिशेषगरी सबभन्दा बढी नागरिकता बनाउन, दलित पिछडिएको, नाता प्रमाणित र सिफारिस गर्न सेवाग्राहीहरू आउने गर्दछन ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा जाँदा त्यहाँ कार्यालयको झ्यालसँगै मानिसको भिडँभाड देखिन्थ्यो विश्वभरि नै कोरोना भाईरसको महामारीले त्रसित बनाइरहेको र दैनिक हजारौको ज्यान लिइरहेको अवस्थामा माक्स लगाउने, भसेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने गराउने लगायत सेवा लिँदा लाइनमा दूरी कायम गराउनुपर्ने भएतापनि जिल्ला प्रशासन कार्यालयको यो भिडले भने कोरनाको लापरवाही गरेको वा सामान्य अवस्था जस्तै देखाएको छ ।

जिल्ला प्रशासन कार्यालय जस्तो सचेत रहन र गराउन सक्ने निकायमा पनि सेवाग्राहीहरुलाई दूरी कायम गरेर सेवा दिन किन सकिएन भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भन्नुभयो, “माक्स लगाएर आउन, दुरि कायम गराउने कोशिस हामीले गरेपनि सेवाग्राहीले नमान्दा भिडँभाड भएको र केहिदिनपछि प्रहरी भर्नाको मिति सकिने भएकोले भिडँभाड घटेर जाने” उहाँले बताउनुभयो ।

यस्ता प्रमुख जिम्मेवार निकायले नै लापर्वाही गर्दा अझ कोरोनाको उच्च जोखिम बढ्ने देखिएको छ । अब कहिले सजगता अपनाउन लगाउने होला ? जिल्ला प्रशासन कार्यालयले त्यो कार्य भने हेर्न बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button