माफ नेपालले राष्ट्रियरूपमा पैरवी अभियान थाल्ने

मिडिया एड्भोकेसी फोरम नेपाल (MAF Nepal) ले छलफल आयोजना गरेको छ ।

आइतबार मानव अधिकारकर्मी, समाजसेवी, सामाजिक अभियन्ता तथा अधिकारकर्मीहरूसँग अन्तर्राष्ट्रिय विश्वमानव अधिकारले पूर्णतः स्वीकार गरेको धर्म तथा आस्थाको स्वतन्त्रताको मानव अधिकारका सन्दर्भमा मिडियाद्वारा कसरी अल्पसंख्यक धार्मिक समुदायको अधिकार र आवाजलाई राष्ट्रिय रूपमा पैरवी अभियान सञ्चालन गर्नेबारे छलफल सम्पन्न गरेको हो ।

बैठकले अल्पसंख्यक समुदायको समस्यालाई राष्ट्रिय रूपमा बहस, प्रकाशन तथा पहल पैरवी गर्ने र यस सन्दर्भमा सम्बन्धित सरोकारवालासँग भेटघाट र पैरवी अभियान थाल्ने निस्कर्ष निकालेको छ ।

माफ नेपालको कार्यालयमा आयोजित छलफल कार्यक्रममा संस्थाका अध्यक्ष विदुर अधिकारीले संस्थाले हालसम्म गरेका कार्यक्रम र उपलब्धिहरूको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो भने महासचिव निरोज तोलाङेले आगामी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नुभएको थियो जसलाई समुदायका अगुवा तथा अभियन्ता अधिकारकर्मीहरूले समर्थन गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button