थप २५ सय ७१ जनामा कोरोना पुष्टि, १८ सङ्क्रमितको मृत्यु

काठमाडौं । नेपालमा आज थप २५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्या थपिएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९७०२४ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११,११७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।
सङ्क्रमितमध्ये १,०५१ महिला र १,५२० पुरुष छन्। यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। हाल ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।