बैतडीको शिवनाथमा चितुवाको आक्रमणबाट एक युवतीको मृत्यु

बैतडी । चितुवाको आक्रमणबाट बैतडीको एक किशोरीको ज्यान गएको छ ।
शिवनाथ गाउँपालिका ४ बगारकी अन्दाजी १८ बर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।
घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको सोमबार दिउँसो अढाई बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभएको छ ।
नरभक्षी चितुवाको आक्रमणबाट तल्लोसोराड क्षेत्रमा अहिले सम्म २७ जनाको ज्यान गईसकेको छ ।
चितुवाले केही दिन शिवनाथसंग सीमा जोडिएको भारतको तमोलीमा पनि मान्छे ज्यान लिएको र सोही चितुवा नेपाल भित्रिएको हुन सक्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष साउँदले जानकारी दिनुभयो ।